तिङ्लाका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश
सोलुखुम्बु, २७ भाद्र ।सोलुदुधकुन्ड नगरपालिका वडा नं ११ तिङलाका नेकपा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन।

नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यमा तिङलाको बेलिडंडामा तरुण दलद्वारा आयोजित कार्यक्रममा स्थानीय सुनिल थापामगर,दानबहादुर मगर ,सोनाम शेर्पा, निरकुमार थापामगर, सुभाष मगर, भीम मगर,दीपक मगर, नरबहादुर मगर,फुर्बा शेर्पा ,निमा काले शेर्पा,राजुशिबा नेपाली दोर्जी शेर्पा र रिन्जी लामा लगायत रहेको नेबिसंघका नेता टंक कार्कीले जानकारी दिएका छन।
नब प्रबेशीहरुलाइनेपाल तरुण दलकी केन्द्रीय पार्षद एबं सोलुदुधकुण्ड नगरपालिकाकी प्रबक्ता शारदामाया तामाङले खादा र माला लगाएर स्वागत गरेको तरुण दल तिंङलाका अध्यक्ष फुर्वा शेर्पाले बताए।

