शान्ति र स्थायित्वका लागि संविधान परिमार्जन सभा गठन आवश्यक : जेन–वाई रिबेलियन



काठमाडौं,२३ असोज । भ्रष्टचार विरुद्धको आन्दोलन गरेका जेनजी युवा समुहका अभिभावकको रुपमा गठन भएको जेन–वाई रिबेलियनले
नेपालको संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना पुरा गर्न नसक्ने बताउंदै संविधान परिमार्जन सभा गठन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

बुधबार पत्रकार सम्मेलन गरी जेन–वाई रिबेलियनले देशलाई शान्ति र स्थायित्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्ने माग गरेका हुन् ।

प्रेस विज्ञप्ति बाचन गर्दै रिबेलियनका संयोजक विजय कँडेलले भने, ‘हामी सरकारका पछिल्ला कदमहरुबाट असन्तुष्ट छौं।’हामीले बुझेका छौं-वर्तमान सरकारलाई संवैधानिक संकट छ । वर्तमान संविधानले जेनजी सहिदहरुको बलिदानी र घाइतेहरुको सपना साकार पार्न सक्दैन । देशलाई शान्ति र स्थायित्व प्रदान गर्न संविधान परिमार्जन सभा गठन गर्नुपर्छ ।’

सरकारको कामले असन्तुष्ट भएको भन्दै संसद् विघटन भइसकेको र देश संवैधानिक संकटमा फसेको बताए । ‘हामी संविधान विरोधी होइनौं, तर परिवर्तनको पक्षधर हौं । संविधान जनताको हुनुपर्छ, नेताहरूको होइन,’उनले भने ।

प्रतिक्रिया दिनुहोस्