आमाको हत्यामा संलग्न भएको आरोपमा छोरा पक्राउ



काठमाडौँ,२० असोज । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित थापाकटेरीबाट आमाको हत्यामा संलग्न भएको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय यम बहादुर कँडेल छन् ।

गएराति यम बहादुरले ५५ वर्षीया आमा राम माया कँडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको धादिङका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

राति ९ बजेतिर हत्या भएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहाल नेतृत्वको टिम घटनास्थलमा पुगेको थियो । प्रहरीले आरोपीको साथबाट हत्यामा प्रयोग भएको हतियार बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्