काठमाडौं उपत्यका बाहिर जान स्थानीय तहको स्वीकृति अनिबार्य



काठमाडौं, २५ असार । काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जानका लागि थप कडाई गरिएको छ। यसअघि उपत्यका छिर्न पीसीआर रिपोर्ट अनिवार्य थियो भने बाहिर जानका लागि कुनै अवरोध थिएन्। अब भने स्थानीय तहको स्वीकृति अनिवार्य चाहिने भएको छ। अत्यावश्यक कामका लागि उपत्यका बाहिर जानेहरूका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र अथवा स्थानीय तहको स्वीकृति अनिवार्य चाहिने भएको हो।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार दाहसंस्कार, सरूवा भइ जाने कर्मचारी लगायतका अत्यावश्यक कामका लागि उपत्यकाका बाहि जानुपरेको खण्डमा स्थानीय तहको स्वीकृति वा सम्बन्धित जिल्ला प्रशासनको अनुमति चाहिने भएको हो। बाहिर जानुपर्ने व्यक्ति तोकिएको ढाचाको निवेदन र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा स्वयम उपस्थित हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्