माझी समुदायका विद्यार्थीलाई थुलुङ दुधकोशीले दियो नगदसहित शैक्षिक सामाग्री



सोलुखुम्बु,३१ भदौ ।सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अध्यक्ष असिम राईले लाईले माझी समुदायका विद्यार्थीहरूलाई
नगदसहित शैक्षिक सामाग्री बितरण गरेका छन्।

गाउँपालिकाको वडा नं ६ मा मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले माझि समुदायका विद्यार्थीहरुलाई अध्ययनका लागि प्रोत्साहित गर्ने उद्देश्यले नगदसहित शैक्षिक सामाग्री बितरण गरेका हुन्। ‘समावेशी नीति, लक्षित कार्यक्रम र सहभागितामूलक निर्णय प्रक्रिया’ लाई आत्मसात् गर्दै गाउँपालिकाले माझी विद्यार्थीहरुलाई सो सहयोग गरिएको अध्यक्ष राईले जानकारी दिए।

गाउँपालिकाले आगामी दिनमा पनि सीमान्तकृत समुदायका बालबालिकालाई प्राथमिकता दिँदै शिक्षाको पहुँच सुनिश्चित गर्ने उनको भनाई छ ।

कार्यक्रममा पालिका उपाध्यक्ष सबिता राईसहित अन्य जनप्रतिनिधि, शिक्षक,अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्