खोलाले बगाएर सोलुखुम्बुमा एक महिलाको मृत्यु
दीप खालिङ,सोलुखुम्बु,३० भदौ । सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा न १ मा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ ।

सोही वडाको सत गाउँ बस्ने अन्दाजी ६१ बर्षको तिरिमाया राई हेवा गाउँ गएर घरतर्फ फर्किदै गर्दा खोलाले बगाएर भदौ २९ मृत्यु भएको स्थानीयले बताएका छन् । त्यस क्षेत्रमा अबिरल बर्षाका कारण खोलामा पानीको बहाब बढेकाले उनलाई बगाएको हो ।
राईको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लुतर्फ लगिएको प्रकाश राईले जानकारी दिनुभयो ।

