असोज १ गते शोक दिवस,सार्बजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौँ,३० भदौ । सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले जेन जी आन्दोलनमा ज्यान गुमाउनेहरुको स्मृतिमा शोक मनाउन सार्वजनिक बिदा दिएर झण्डा झुकाउने निर्णय गरेको गृह,कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए।

बैठकले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ।

यसैगरी,आन्दोलनको क्रममा मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने निर्णय भएको अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्