१०७ औं बिपी जयन्ती : नेबिसंघ सोलुखुम्बुद्वारा वृक्षरोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम

सोलुखुम्बु , २४ भाद्र ।नेपाल विद्यार्थी संघ सोलुखुम्बुको आयोजनामा जिल्लाको नेचासल्यान गाउँपालिकास्थित हिमाल दर्शन क्याम्पस परिसरमा वृक्षारोपण तथा शुभकामना आदानप्रदान प्रदान सम्पन्न भएको छ।

१०७ औं बिपी जयन्तिको अवसरमा बुधबार आयोजित सो कार्यक्रममा ४० बोट विभिन्न जातका बिरुवा रोपिएको नेबिसंघले जनाएको छ।वृक्षरोपणपछि नेविसंघ जिल्ला कार्य समिति सचिव तथा हिमाल दर्शन क्याम्पसका सभापति उद्योग राईको अध्यक्षतामा शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस नेचासल्यानका सभापति निरकुमार कटेल , नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्तोला , नेपाल शिक्षक महासंघ नेचासल्यानका अध्यक्ष अशोककुमार शर्मा , नेपाल शिक्षक संघ नेचासल्यानका अध्यक्ष यादव फुयाल , नेविसंघ नेताहरु हेमराज कटेल, हेमराज भट्टराई ,बाबुराम भट्टराई , विनोद बास्तोला, पूजा फुयाल , मोहनकृष्ण निरौला , रोशन राउत लगायत विद्यार्थी नेताहरु उपस्तिथि रहेका थिए।

शुभकामना आदानप्रदानका क्रममा नेताहरूले विपी विचार र व्यक्तित्वको चर्चा गरेका थिए । जिल्ला वन कार्यलय तथा नेचासल्यान कृषि शाखाले बिरुवा उपलब्ध गराएको जिल्ला सचिब राइले जानकारी दिए।

