नव नियुक्त तीन मन्त्रीले आज सपथ लिंदै



काठमाडौँ,३० भदौ । नव नियुक्त तीन मन्त्रीको आज सपथ हुने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसना मन्त्री नियुक्त भएका ओमप्रकाश अर्याल,कुलमान घिसिङ,र रामेश्वर खनालको सपथ आज हुने भएको हो।

प्रधानमन्त्री कार्कीले अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्याललाई गृहका साथै कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएकि छन् भने पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कुलमान घिसिङले तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन्। उनले अब भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय उनले सम्हाल्नेछन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् गठनका लागि सिफारिस शीतलनिवासमा गएर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन्। नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार हुने शीतलनिवास स्रोतले जानकारी दियो।

प्रतिक्रिया दिनुहोस्