‘जेन जी’ आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १०/१० लाख उपलब्ध गराईने
काठमाडौ,२९ भदौ ।प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०/१० लाख रुपैयाँको दरले राहत दिने घोषणा गरेजी छन।

आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सो घोषणा गर्दै घाइतेहरुको नि:शुल्क उपचारसहित आवश्यक अन्य राहत पनि प्रदान गर्ने घोषणा गरेकी हुन।उनले परिवारले मृत्यु भएकाहरुले शव आफ्नै घर लैजान चाहेको खण्डमा यातायात सेवा र अन्त्येष्टिमा लाग्ने खर्चसमेत सरकारले ब्यहोर्ने प्रतिबद्धता जनाईन।
जेनजी आन्दोलन र प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको पनि उहाँले बताउनुभयो । मुख्यसचिव अर्यालका अनुसार एक सय ९१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पदभार तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई जुनजुन संस्था अन्त्यन्त आवश्यक संस्थाहरूमै छानिछानी प्रहार भएको बताइन् ।
भदौ २३ गते भएको जेनजी प्रदर्शनमा सरकारले दमन गरेपछि भोलिपल्ट २४ गते निस्किएको अनियन्त्रित प्रदर्शनको मौका छोपी अराजक समूहले देशभर न्यायालय, सुरक्षा कार्यालय र सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी गरेको थियो ।
‘यसपल्टको यो जुन हत्या हिंसा भयो, यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरू छ, त्यसमा छानिछानी प्रहार भएको छ । प्रहरीहरू सुरक्षाका लागि अनिवार्य छ, तिनलाई प्रहार भयो’, कार्कीले भनिन्, ‘प्रहरी बीट र कार्यालय जले, अदालतका फाइलहरू नष्ट भएर गयो । हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाइलहरू नष्ट भएर गयो । बडो आश्चर्यको कुरा छ कि किन यसरी देशका अत्यन्त आवश्यक संस्थाहरू, सिंगो देशको शासन चलाएको छ, ती भवनहरू र ती मिसिल, ती कागजहरू नष्ट भयो । यो देखेर मलाई अलिकति लाज पनि लागेको छ ।’
कार्कीले थपिन्, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला, भत्काउला बेग्लै ! तर यो घटना त मलाई लाग्छ – यो देशमा पहिलोचोटी भएको हो । हाम्रा संस्थाहरू अनुहार देखाउन नसक्ने अवस्थामा पुर्याएर गरेको छ । मलाई त जहाँसम्म लाग्छ – यो एउटा योजनावद्ध रूपमा षडयन्त्र नै भएको हो कि ! यो अनुसन्धान हुन बाँकी छ ।’ ग्रहण

