तीन छाेटा कविता

*सुबाश जमरकट्टेल

१,
काललाई
संघारमा
लकडाउन गरेर
कुरी रहेछ
मान्छे
घर भित्र
मृत्यु तिथि ।
२,
भाेकहरुकाे
आहारा जुटाउन
आलाप विलाप
गर्दै छ
विचरा बबुराे
बाँच्ने झिनाे
आशा बाेकेर ।
३,
विश्व
ध्वस्त पार्ने
शक्तिशाली
विशाल
बम बाेकेर
कुजिएकाे छ
सुक्ष्म भाइरसकाे
मृत्युबाट
जाेगिन ।
*नेचा, साेलुखुम्बु

