आज ६१ औँ राष्ट्रिय बाल दिवस मनाइँदै



काठमाडौं,२९ भदौ ।‘बालबालिकामा लगानी: सुनिश्चीत भविश्यको थालनी’ भन्ने नाराका साथ आज बिबिध कार्यक्रमको आयोजना गरी ६१ औँ राष्ट्रिय बाल दिवस मनाइने भएको छ ।

२०४७ साल भदौ २९ गते नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिन हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रूपमा मनाउँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासन्धि, १९८९ लाई नेपालले अनुमोदन गरेको दिन भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने निर्णय भएको हो । त्यही अनुसार २०६३ सालदेखि राष्ट्रिय बालदिवस हरेक वर्षको भदौ २९ गते मनाउन थालिएको हो  । साथै २०६४ सालदेखि हरेक वर्ष एक विषयमा मूल नारा बनाएर राष्ट्रिय बालदिवसका कार्यक्रम आयोजना गर्न थालिएको छ ।

विगतमा रत्न शाहको जन्म दिन अर्थात् भदौ ४ गते बालबालिकालाई मिठाई, फलफूल बाँडेर र नाचगान गरेर राष्ट्रिय बालदिवस मनाइने गरिन्थ्यो । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्