कार्तिक ११ गतेसम्म त्रिभुवन विश्वविद्यालयमा पठनपाठन बन्द



काठमाडौं,२६ भदौ । मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण भन्दै त्रिभुवन विश्वविद्यालयले लामो समय पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ ।

विश्वविद्यालयले सूचना जारी गर्दै आगामी हिउँदे बिदामा कटौती गर्नेगरी कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

यो बीचमा दशैं, तिहार र छठको बिदा परेको छ। सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै ९ गते बिदा दिएर विश्वविद्यालयले कात्तिक ११ गतेदेखि मात्र नियमित पठनपाठन हुने जनाएको हो।

प्रतिक्रिया दिनुहोस्