‘जेन जी’ र राष्ट्रपति पौडेलबीचको बार्ताको मध्यस्थता नेपाली सेनाले गर्ने
काठमाडौ ।’जेन जी’ र राष्ट्रपति रामचन्द्र पौडेलबीचको बार्ताका लागि नेपाली सेनाले मध्यस्थता गर्ने भएको छ ।

जेनजीका प्रतिनिधिहरूसंग मंगलबार राती छलफल गर्दै प्रधानसेनापति
अशोकराज सिग्देलले विषम परिस्थितिमा राष्ट्रपतिसँग वार्ता गर्नुपर्ने देखिएकाले आफूले मध्यस्थतामूलक भूमिका खेल्ने बताएका हुन् ।
सो छलफलमा रक्षा बम,समय खड्का,पुरुषोत्तम यादव,तनुजा पाण्डे, अमीत खरेल, धीरज जोशी लगायत २० जना जेनजी प्रतिनिधिहरू सहभागी भएको जनाइएको छ ।
नेपाली सेनाले जेन–जी समूहसँग वार्ताका लागि प्रतिनिधिको नाम बुधबार बिहान ८ बजेसम्म पठाउन आग्रह गरेको छ।वार्तामा विशेषगरी संसद विघटन र नयाँ सरकार गठनबारे छलफल हुने बुझिएको छ ।

