११ हाइकु

*वैरागी जेठा

( १)
शितका दाना
बद्री फूल झार्दछे
बलेसिं भरि ।
(२)
झोपडी बाल्छ
विज्ञानको राँकोले
चमेली आँसु ।
(३)
आशा हरायो
धेरै फुर्कियो आज
दशा पाकेर ।
(४)
भीर पाखोमा
सुसाउँदै डुलेर
विछोड गर्छ ।
(५)
मर्छु कि गर्छु
भन्दा भन्दै जीवन
ढल्छ मैदान ।
(६)
आदर्श घाम
बटारिँदै उठेर
नम्रता ध्वस्त ।
(७)
खोलाको दृष्टि
अचेल हाम्रा गीत
एउटी चरी ।
(८)
इतिहासमा
टेकी रोइरहेको
शिशिर गधा ।
(९)
लाग्छ मलाई
ग्रीष्मको एकरात
फर्किन्न अब ।
(१०)
मान्छेका भीड
नदीझैँ उम्लिएर
शहर भित्र ।
(११)
चेतनायुक्त
घाम कहिले लाग्ला
मेरो छातीमा ।
*बालाजु, काठमाडौं

