रामहरिलाई संसदीय सुनुवाइ समितिको जिम्मेवारी



काठमाडौँ,१९ भदौ। सत्तारुढ दलहरूले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिको जिम्मेवारी दिने भएका छन् । सत्तारुढ दलहरूको तर्फबाट समितिको सभापतिका लागि खतिवडाले बिहिवार मनोनयन दर्ता गराएका हुन्।

‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा सभापति बनाउने निर्णय गरेको थियो ।

साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट खतिवडाले राजीनामा दिएका थिए । तत्कालीन सुनुवाइ समिति सभापति इश्वरीदेवी न्यौपानेलाई खतिवडाले राजीनामा दिएसंगैं रिक्त रहेको राज्य ब्यबस्था समिति सभापतिमा सरुवा गरेर खतिवडालाई सुनुवाइ समिति सभापतिको जिम्मेवारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्