घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य



काठमाडौं,१५ भदौ । नेपाल आयल निगमले सोमबार बिहानदेखि लागु हुने गरी डिजेल,मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ ।

पेट्रोलको मूल्य काठमाडौ‌ पोखरा र दिपायलमा १६१ रुपैयाँ,सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, बीरगञ्जमा १५८‍५० पैसा यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्