स्थानीय तहमा चरम भ्रष्टाचार भएको कांग्रेस सभापति बस्नेतको आरोप

सोलुखुम्बु, २२ भाद्र । नेपाली काँग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जिल्हलाका स्थानीय तहहरुमा भ्रष्टाचार ब्याप्त हुँदै गएको आरोप लगाएका छन।

नेपाली काँग्रेस थुलुङ दुधकोशी गाउँपालिका- २ कांगेलले एसइइ परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाइ सम्मान गर्न शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बस्नेतले सो आरोप लगाएका हुन। बिकास र समृद्धिको नाममा भैरहेको चरम भ्रष्टाचारले ब्यक्ति मोटाउने र राज्य दुब्लाउंदै जाने दु:खद अवस्था सिर्जना भएको बताउंदै बस्नेतले थुलुङ दुधकोशी गाउँपालिकाले अनियमिततामा जिल्लाका सबै स्थानीय तहहरुलाइ उछिनेको दावी गरे।
सभापति बस्नेतले नारामा समृद्धि र व्यबहारमा कमाउ धन्दामा सक्रिय स्थानीय जनप्रतिनिधिहरुले आफुलाइ सुधार्नुको बिकल्प नरहेको बताए।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सोलु का सहसचिब कुसराज राईले स्थानीय तहमा देखिएका बिकृति तथा बिसङ्गति बिरुद्व लड्न सबैजना एकजुट भएर लाग्नु पर्ने बताए।
नेपाली काँग्रेसका जिल्ला सदस्य नवीन थापाले स्थानीय सरकारका प्रतिनिधिहरुले नै शैक्षिक स्थललाई राजनीतिक उदेश्य प्राप्ति गर्ने थलो बनाइरहेको आरोप लगाए। नेका जिल्ला सदस्य कान्तिराज थुलुङ डा. राजेन्द्र बस्नेत, नेबि संघ नेता अस्विन बाबु थापा,नेपाल शिक्षक संघ प्रदेश सदस्य धन्दिराम राई ,जनककुमार थापा, पदम राई,जान्देबी प्रसाद काफ्ले ,भिम बहादुर बस्नेत ,रोहन बस्नेत लगायतले पनि कार्यक्रममा आ आफ्नो धारणा राखेका थिए। कार्यक्रम नेका थुलुङ दुधकोशी गा.पा. २ कांगेलका सभापति सोमराज के.सि को सभापतित्वमा सम्पन्न भएको थियो ।

