मेडिकल ब्यबसायी दुर्गा प्रसाईं दल खोलेर राजनीतिमा आउने
काठमाडौं,२ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा गर्दै अब आफू राजनीतिमा होमिने बताएका छन्।

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईंले आफूले अभियान मात्रै चलाउँदा कोठामा ताला लगाउने लगायतका अवरोध भएपछि आफू दल खोलेर राजनीतिमा आउने निष्कर्षमा पुगेको बताए।
तीनकुनेमा भएको राजावादी आन्दोलनपछि पक्राउ परेर दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका प्रसाईंले भने,’म राजनीति गर्ने मान्छे होइन जबर्जस्ती राजनीतिमा ल्याइयो।’
नेपाल र नेपालीको धरातल हेरेर राजनीति गर्नुपर्ने बताउँदै उनले भने,
‘केही समयभित्र दलको नाम घोषणा गर्छौं। सबै नराम्रो भइसकेपछि मान्छे आत्तिएका छन्।‘
उनले आफू राजावादी नभएको र राष्ट्रवादी भएको पनि बताए।

