एक लाख रुपैयाँ लिइरहेका अवस्थामा पक्राउ परे नगर प्रमुख



काठमाडौं,२३ साउन । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरूद्ध घुस लिएको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा उनीविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।वडा नं. ६ मा रहेको नाला निर्माण योजना सम्पन्न गरेपछि भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियारको टोलीले उनलाई बिचौलियामार्फत एक लाख रुपैयाँ लिइरहेका अवस्थामा पक्राउ गरेको थियो ।

अनुसन्धानमा घुस माग गरेको पुष्टि भएपछि अख्तियारले मुद्दा दायर गरेको हो।साह एमालेबाट निर्वाचित मेयर हुन्।

प्रतिक्रिया दिनुहोस्