नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष दर्नाल अमेरिकामा
सोलुखुम्बु,साउन १७ । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का सम्वाददाता सुवास दर्नाल यतिबेला अमेरिकामा छन् । अन्तराष्ट्रिय नेतृत्वकर्ता तालिममा सहभागी हुन दर्नाल शुक्रबार अमेरिका प्रस्थान गरेका थिंए।

अन्तर्राष्ट्रिय नेतृत्व विकासका लागि प्रतिष्ठित मानिने यस कार्यक्रममा सहभागी हुन दर्नाल नेपालबाट चयन भएको बताईएको छ । हउह नेपाली पत्रकार प्रतिनिधिका रूपमा एक महिनासम्म अमेरिका रहंदा उनले विभिन्न कार्यक्रम,छलफल तथा अन्तरक्रियामा सहभागिता जनाउनेछन्।
कार्यक्रमको क्रममा दर्नालले अमेरिकाका विभिन्न सहरहरूमा सञ्चार, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकारिताको उत्तरदायित्वसम्बन्धी सत्रहरूमा सहभागिता जनाउने बताइएको छ। कार्यक्रममा नेपालसहित विश्वका ३३ राष्ट्रबाट पत्रकारहरूको सहभागिता रहेको दर्नालले जानकारी दिए ।

