माप्य दुधकोशी गाउँपालिकाले साउन २६ र २७ गते काठमाडौंमा प्रशासनिक सेवा प्रदान गर्ने
काठमाडौं,१७ साउन । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंमा प्रशासनिक शिविर सञ्चालन गर्ने भएको छ ।

गाउँपालिका स्थायी ठेगाना भई काठमाडौ उपत्यका लगायतका स्थानमा विभिन्न कामको सिलसिलामा बसोबास गरिरहेका नागरिकहरुलाई बसोबासस्थलमै सहज सेवा उपलब्ध गराउने उद्देश्यले शिबिर सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र भट्टराईका अनुसार शिबिर साउन २६ र २७ गते नवदुर्गा पार्टी भेन्यु,सुकेधारा काठमाडौंमा सञ्चालन हुनेछ ।
शिविरमा जिल्ला प्रशासन कार्यालय, सल्लेरीबाट प्राप्त भएका राष्ट्रिय परिचय पत्र वितरण,सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण,मालपोत तथा भूमी कर संकलन,पञ्जीकरण तथा घटना दर्ता सम्बन्धी सम्पूर्ण सेवाहरु र वडा कार्यालयबाट प्रवाह हुने अन्य सम्पुर्ण सेवाहरु प्रदान गरिने भट्टराईले जानकारी दिए ।
नागरिकहरुको सहजताका लागि काठमाडौंमा सञ्चालन गर्न लागिएको प्रशासनिक शिबिरमा बिहान ८ बजेदेखि उपस्थित भएर सबै वडा कार्यालयबाट प्रदान गरिने एकीकृत सेवा लिन उपत्यकामा बसोबासरत पालिकाबासीलाई अध्यक्ष राईले आग्रह गर्नुभएको छ ।

