खीर खाने पर्व नेपालीहरुको मौलिक चाड : उपप्रधानमन्त्री सिंह
ईशा अधिकारी,काठमाडौं,१५ साउन । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले साउन १५ खीर खाने कार्यक्रम मात्र नभई सद्भाव बाडने पर्व भएको बताउनुुभएको छ ।

काठमाडौको स्मार्ट महलमा भएको एक कार्यक्रमका उहाँले नेपालीहरुले खीर मात्र खादैनन सदभाव पनि बाडने गरेको बताउनुुभयो । यस्ता चाडपर्वले मित्रता र सदभाव कायम गर्ने गरेको उहाँको भनाई छ । साउने खीर खाने पर्व नेपालीहरुको मौलिक चाडपर्व भएको उहाले बताउनुुभयो । कार्यक्रममा उहाँले नेपाली कांग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताउनुुभयो । कांग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताउनुुभएको हो । कांग्रेसलाई चुनौतिको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको उहाँको भनाई छ ।
कार्यक्रममा रामेछापका महाधिवेशन प्रतिनिधि भरत चौलागाईले खीरले असारको हीलो , धुलो र चिसोलाई फाल्र्दै शरिरमा शितला प्रदान गर्ने बताउनुुभयो । उहाले यस्ता चाडपर्वले भेटघाटमात्र नभई भाइचारा र मित्रता बढेको उल्लेख गर्नुभयो । सुनापती गाउपालीका वडा १ गुन्सी कार्यसमितिको आयोजनामा सो खीर खाने कार्यक्रम सम्पन्न भएको हो ।

