शाही र घिसिङ अमेरिकामा ‘ग्लोलबल हिरो अवार्ड’ बाट सम्मानित
काठमाडौं,१२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘ग्लोलबल हिरो अवार्ड’ प्रदान गरिएको छ ।

अमेरिकाको न्यूयोर्कमा ‘हामी ग्लोबल नेपाली’ले गरेको कार्यक्रममा शाही र घिसिङलाई अवार्ड प्रदान गरिएको हो । ज्ञानेन्द्र शाही र कुलमान घिसिङको राष्ट्र निर्माण र जनसेवामा पुर्याएको योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्राप्त गरेपछि सांसद शाहीले ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश बिदेशमा रहेका नेपालीहरुको विश्वासको श्रेष्ठता भएको बताएका छन् । उनले यो अवार्डको श्रेय पनि सबै नेपालीलाई दिएका छन् ।
सांसद शाहीले यो अवार्डले नि:सन्देह समाजमा राम्रो काम गर्ने प्रेरणा दिन्छ र एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

