सम्पर्कविहीन २२ प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने प्रक्रिया थाल्ने प्रधान कार्यालयको चेतावनी



काठमाडौं,११ साउन । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर भएका २२ जनालाई एक हप्ताभित्र स्पष्टीकरणसहित हाजिर हुन आउन निर्देशन दिईदै अन्यथा सेवाबाट हटाउने प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालय,कानुन शाखाले आईतवार सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर भएका १ जना प्रहरी सहायक निरीक्षक,१ जना प्राविधिक प्रहरी सहायक हबल्दार, १६ जना प्रहरी जवान र २ जना प्रहरी कार्यालय सहयोगीहरुलाई सात दिनभित्र हाजिर हुन नआए सेवाबाट हटाउने चेतावनी दिएको हो।

गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षकहरु विवेक सायद, देवकी थापा र प्रकाश थारु छन् । उनीहरु गत जेठ महिनादेखि सम्पर्कमा छैनन् ।

यसैगरी प्राविधिक प्रहरी सहायक हबल्दार नरकुमार ओजी गत वैशाख ३ गतेदेखि सम्पर्कविहीन छन् । प्रहरी जवानहरु धन सिंह बुढा, गौतम कुमार पाचेमगर, अर्पण पोख्रेल, युवराज खड्का, सन्दिप विश्वकर्मा, विकास आचार्य, सुजन ओझा, अजित कुमार चौधरी पनि आफूखुसी गैरहाजिर भएका छन् ।

यसैगरी दिपेन तिवारी, दिलिप कुमार साह, सरोज थापामगर, धिरबहादुर रावत, विष्णु दर्लामी, लालु काफ्ले, दिपराज बुढा, विनोद साह तथा प्रहरी कार्यालय सहयोगहरु कमलबहादुर माझी र मनबिर सिंह धामी पनि सम्पर्कविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्