उच्चतम जिपिएसहित जिल्लामै उत्कृष्ट भएबापत प्रशान्ति एकेडेमी सम्मानित
काठमाडौं,१० साउन । माध्यमिक शिक्षा परीक्षा २०८१ मा ६ बिषयमा उच्चतम जिपिएसहित जिल्लामै उत्कृष्ट भएबापत प्रशान्ति एकेडेमी सम्मानित भएको छ ।

अनुपम फुडल्यान्ड बत्तीसपुतलीमा एन प्याब्सनद्वारा आयोजित
उच्चतम नतिजा हासिल गर्ने विद्यार्थी,सर्वोत्कृष्ट विषय शिक्षकहरू र उत्कृष्ट विद्यालयहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा प्रमुख अतिथि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले प्रशान्तिका प्रीन्सिपल समीर बास्तोलालाई सम्मानपत्रसहित सम्मानित गरेका हुन्।
कार्यक्रममा
नेसनल प्याब्सन काठमाडौँ जिल्ला कार्यसमितिका अध्यक्ष अमृत खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रशान्ति एकेडेमीले नेपाली ,सामाजिक,विज्ञान,गणित,कम्प्युटर, ऐक्षिक गणित सहित छ वटा विषयहरुमा उत्कृष्टता हासिल गरेकोले सबै विषय शिक्षकहरूलाई उत्कृष्ट शिक्षक सम्मान प्रदान गरिएको थियो।
परीक्षामा सो विद्यालयले औसत ३.९१ ल्याएको हुदा २२ जना सम्मका विद्यार्थीहरूको वर्गमा उत्कृस्टता हासिल गरेको बास्तोलाले बताए । २२ जना भन्दा माथिल्लो समुहबाट उत्कृष्ट स्कुलको पुरस्कार सगरमाथा स्कुलले प्राप्त गरेको थियो ।


