एमाले थुलुङ दुधकोशी- काठमाडौं सम्पर्क मञ्चमा नयाँ समिति, अध्यक्षमा निशान राई



काठमाडौं,१० साउन । नेकपा एमाले थुलुङ दुधकोशी गाउँपालिका-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा निशान राई चयन भएका छन् ।
रक्षामन्त्री समेत रहेका नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा शनिबार काठमाडौंमा सम्पन्न मञ्चको दोश्रो सम्मेलनले राईको अध्यक्षतामा १३ सदस्यीय समिति सर्बसम्मत रूपमा चयन गरेको नेकपा एमाले थुलुङ दुधकोशीका युवा नेता राजन किराँतीले जानकारी दिए ।

समितिको उपाध्यक्षमा सोना फुर्वा शेर्पा,सचिवमा पेमाछिरी शेर्पा,उपसचिवमा अमित बस्नेत र सदस्यहरुमा लक्ष्मी राई,गणेश राई,श्याम कुमार राई,लहस कुमारी भारती,तेलिन राई र जोरमान राई रहेका छन् ।महिला उपाध्यक्ष,महिला उपसचिव र कोषाध्यक्ष भने समितिको बैठकबाट पछि मनोनीत गरिने बताईएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि मन्त्री राई,कोशी प्रदेश कमिटी सचिवालय सदस्य एबम् कोशी प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारी,प्रदेश कमिटी सदस्यद्वय उत्तमकुमार बस्नेत र पार्बती राई,एमाले सोलुखुम्बु जिल्ला अध्यक्ष डुफकुमार बास्तोला,सचिब कल्पना राई,रक्षामन्त्री राईका स्वकीय सचिब बच्चुनारायण श्रेष्ठ र थुलुङ दुधकोशी गाउँपालिका कमिटी अध्यक्ष भूपालसिंह राई लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्