बित्तीय कर्मचारी मञ्च सोलुको अध्यक्षमा श्रेष्ठ र सचिवमा खत्री चयन



सोलुखुम्बु,९ साउन । बित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले नयाँ नेतृत्व चयन गरेको छ ।

जिल्ला सदरमुकाम सल्लेरीमा शुक्रबार सम्पन्न चौथो अधिबेशनले पुष्पराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्य कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

समितिको उपाध्यक्षमा पुष्प प्रधान,सचिवमा होमनाथ खत्री र सह-सचिवमा प्रेमकुमार राई चयन भएका छन भने सदस्यहरुमा चतुरमान तामाङ,सुजन कुलुङ राइ,सुजन कठेत,प्रमिला श्रेष्ठ,खोम बहादुर साउद लगायत छन् ।

कोषाध्यसहित बाँकी ३ जना सदस्यहरु बैठकले मनोनित गर्ने सचिव होमनाथ खत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्