बागमती प्रदेशका मुख्यमन्त्री लामालाई कांग्रेस संसदीय दलको नेताबाट हटांईदै,चारमन्त्रीको राजीनामा



काठमाडौं,९ साउन । बागमती प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री बहादुरसिंह लामाले सहज रूपमा राजीनामा नदिएपछि आज प्रदेशका चार जना मन्त्रीले राजीनामा दिएका हुन् ।

प्रदेशमा कांग्रेसका दुई जना नेताका बीचमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भए पनि त्यसको कार्यान्वयनका लागि सहज रूपमा लामाले राजिनामा नदिएपछि चार जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।

आजै कांग्रेस संसदीय दलको नेताबाट लामालाई हटाउनका लागि अविश्वासकाे प्रस्ताव संसदीय दलमा दर्ता गराउने तयारी गरिएको कांग्रेसका एक जना सांसदले जानकारी दिए । बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाएर मुख्यमन्त्रीबाट पनि हटाउने तयारी भएको हो ।

आज युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए

प्रतिक्रिया दिनुहोस्