गैर आवासीय संघ पोर्चुगलको अध्यक्षमा निर्वाचित लामा भन्छन् – ‘चुनावी नारा कार्यान्यवन गर्छु’



काठमाडौं, साउन ९ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको अध्यक्षमा सुजन लामा मोक्तान निर्वाचित भएका छन् ।

१९ जुलाईमा भएको दशौं राष्ट्रिय एकता महाधिवेशनका लागि मनोनयनमा परेका मध्येबाट अध्यक्ष र कोषाध्यक्षबाहेक अन्य पदमा निर्विरोध भएको थियो । निर्वाचन समितिले २० जुलाईमा अध्यक्षमा मोक्तान र कोषाध्यक्षमा अशोक जोशीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । अध्यक्षमा दीपा काफ्ले र कोषाध्यक्षमा सविन पौडेलको पनि उम्मेदवारी परेको थियो ।

आइसिसी सदस्यमा राजकुमार गुरुङ, विनोद बुढाथोकी र सरिता शर्मा निर्विरोध भएका छन् ।उपाध्यक्षमा प्रेमबहादुर बुढाप्रिती, गणेश गुरुङ,शिवराज राई,सुप्रेश गिरी,सुदन निउरे,विष्णुबहादुर घर्ती, र सरस्वती खनाल निर्विरोध भए । महिला उपाध्यक्षमा पेमा डोमा शेर्पा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ ।

महासचिवमा गोविन्द बुढाथोकी,सचिवमा सुरजराज भण्डारी, पुष्करराज जोशी र सुवास पौडेल निर्विरोध भए । सह कोषाध्यक्षमा प्रभा अधिकारी र युवा संयोजकमा पेम्बा शेर्पा निर्विरोध भएको निर्वाचन समितिका संयोजक गम्भीर जंग गुरुङले जनाएका छन् । त्यस्तै सदस्यहरुमा ज्ञानेन्द्र आचार्य,भवानीशंकर कडेल,हरि देवकोटा,दीपक भण्डारी,नरिश्वर न्यौपाने,कविता गेलाल,दिनेश पौडेल, विनोद के.सी र सुवास आचार्य निर्विरोध चयन भएका छन् ।
दुईवर्षे कार्यकालको अध्यक्षमा उम्मेदवारी दिँदै गर्दा लामाले ‘एनआरएनको हिजोको पुस्तालाई स–सम्मान,आवाजविहीन नेपालीहरुको आवाजसहित युवाको नेतृत्व यसपटक’ भन्ने नारा अघि सारेका थिए । उनले आफ्नो कार्यकालमा आफूले निर्वाचनका बेला घोषणा गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्