कांग्रेस महाधिवेशन प्रतिनिधि चौलागाईं सम्मानित

ईशा अधिकारी,काठमाडौं,७ साउन । नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि भरत चौलागाईँलाई पार्टीले सम्मान गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा चौलागाईँलाई सभापति शेरबहादुर देउवाले सम्मान गर्नुभएको हो ।

पार्टीले स्थापना गरेको केन्द्रीय पुस्तकालयलाई आर्थिक सहयोग गरेवापत चौलागाईँलाई सम्मान पत्रसहित सम्मान गरेको हो ।
चौलागाइँ नेपाली कांग्रेस रामेछाप जिल्लाका महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
रामेछाप जिल्लाबाट पार्टीको सक्रिय नेतृत्व गरिरहेका चौलागाईँ स्थानीय स्तरमा चर्चित र जनताका भरोषायोग्य नेता भएको सभापति देउवाको भनाइ छ । चौलागाईँले गरेको आर्थिक सहयोगले केन्द्रीय पुस्तकालयलाई व्यवस्थित गर्न मद्दत पुगेको सभापति देउवाले बताउनुभयो ।
‘केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेर हाम्रा नेताहरूले पठन संस्कृतिलाई जोड दिनुभएको छ । पुस्तकालयले पार्टीका नीति, सिद्धान्त र अरु ज्ञान आर्जनका लागि सहयोग गरेको छ,’ देउवाले भन्नुभयो, ‘कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्छन्, फेरि माथि को जान्छ पढ्न भन्ने पनि छन्।

