विभाजन गर्ने तत्त्वबाट पार्टीलाई जोगाउनुपर्छ : ओली



काठमाडौं,५ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्त्वबाट पार्टीलाई जोगाउनुपर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले पार्टीलाई विभाजन गर्ने तथा तोडफोड गर्ने तत्त्वबाट पार्टीलाई जोगाउन पार्टी पंक्ति एकताबद्ध भएर अगाडि निर्देशन दिए ।”पार्टी विभाजन गर्ने,तोडफोड गर्ने तत्त्वहरूबाट पार्टीलाई जोगाउन सिंगो पंक्ति एकताबद्ध भएर अगाडि बढ्न निर्देशन दिनुभएको छ,” एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

उनका अनुसार, ओलीले बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग मतभेद नरहेको बताएका छन् ।”पूर्वराष्ट्रपतिको आग्रहमा नै कार्यालयमा भेट भएको हो । उहाँसँग खुलस्त छलफल भयो । हाम्रोबीचमा मतभेद छैन । उहाँको पार्टी सदस्यताबारे विवाद गर्नुपरेन,यसबारे केन्द्रीय कमिटीले निर्णय गर्छ,” उनले भने ।

उनका अनुसार, बैठकमा ओलीले सदस्यहरूलाई खुलस्तरूपमा छलफलमा भाग लिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्