लामो प्रयासपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण तय



काठमाडौं,४ साउन । लामो प्रयास र कसरत पछि अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तय भएको छ ।

२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएदेखि नै भारत भ्रमणका लागि ठुलो प्रयास गरे पनि ओली सफल भएका थिएनन्।

भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएपछि सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमणको मिति तय भएको ओलीनिकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको यो भ्रमण दुई दिने हुने श्रोतको दावी छ।

प्रतिक्रिया दिनुहोस्