प्रदेश राख्ने, प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति : प्रबक्ता झा
काठमाडौं,३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आफ्नो पार्टी प्रदेशसभा खारेजीको पक्षमा रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश रहने तर प्रदेश सभा खारेज गर्ने रास्वपाको नीति रहेको बताएका हुन। यद्धपी प्रदेश भने राख्नुपर्ने उनको भनाई छ । प्रदेश सभामा पुग्ने व्यवस्था प्रदेशकै स्थानीय तहमार्फत बनाउने गरी आफूहरू अघि बढिरहेको जानकारी दिए।
पालिकाहरूको प्रतिनिधि पुगेर प्रदेश सभा सञ्चालन गर्ने व्यवस्था गरेपछि प्रदेश र स्थानीय तहबीचको समझदारी र समन्वय अझ प्रभावकारी हुने उल्लेख गरे। उनले भने,‘प्रदेश रहन्छ, प्रदेश सभा खारेज गर्न चाहन्छौँ । त्यो प्रदेशको सभामा पुग्ने त्यही प्रदेशको स्थानीय तह । कोसीमा १३७, मधेशमा १३६ पालिकाहरूको प्रतिनिधि पुगेर सभा गर्छ। त्यसपछि प्रदेश र स्थानीयको तादम्यता एक अर्काको कोर्डिनेशन झनै प्रभावकारी हुन्छ। अहिले त एक अर्काले चिन्ने चाहँदैन, बुझ्नै चाहँदैन। यसरी हामीले हाम्रो योजना र नीतिहरूको व्याख्या गर्न सक्नुपर्छ।’
यस्तै केन्द्र सरकारमा पनि मन्त्रालयहरुको संख्या धेरै भएको उनको भनाई छ । संघमा जम्मा १५ वटा मन्त्रालय राख्नुपर्ने उनले सुनाए ।

