एमाले पोलिटब्युरो बैठक च्यासलमा सुरु,प्रस्तावित बिधानमाथि आज पनि छलफल
काठमाडौं,३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएको छ। शुक्रबार स्थगित भएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो।

आजको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान मस्यौदामाथि छलफल हुनेछ । शुक्रबार सात जनाले मस्यौदामाथि धारणा राखेका थिए । किरण गुरुङ,लालबाबु पण्डित,खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई,राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राखेका थिए,बाँकीले आजको बैठकमा धारणा राख्नेछन् ।
बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विषयले पनि प्रवेश पाएको छ । सदस्यहरुले भण्डारीको राजनीतिमा फर्किने निर्णय, ७० वर्षे उमेर हद, दुई कार्यकालको व्यवस्थालगायतका विषयमाथि धारणा राख्नेछन् ।

