आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनराबेदन
काठमाडौं,२ साउन । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासको फैसलाविरुद्ध सरकार सर्वोच्च अदालत पुगेको छ ।

महान्यायाधिवक्ता कार्यालयले उक्त फैसला चुनौती दिँदै पुनरावेदन गरेको प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । २५ असारमा महान्यायाधिवक्ता रमेश बडालले पुनरावेदनको निर्णयमा हस्ताक्षर गरेका थिए ।
महान्यायाधिवक्ताको दाबीअनुसार फैसलामा प्रमाणको समुचित मूल्यांकन नगरिएको,गम्भीर त्रुटि भएको र न्यायिक विचलन देखिएको भन्दै सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
१४ जेठमा उच्च अदालतका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले आलमसहितलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला सुनाएको थियो ।

