जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता ,अब बिपक्षमा बस्ने



काठमाडौँ,३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अब विपक्षमा बस्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारको हालसम्मको कार्यसम्पादनको समीक्षा गर्दै यो निर्णय गरेको हो।बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् ।

जसपा नेपालले एमाले/कांग्रेस गठबन्धनको सरकारलाई समर्थन दिएपनि सरकारमा गएको थिएन । पछिल्लो समय जसपा नेपालले भूमि विधेयकमा आपत्ति जनाउँदै आएको थियो ।

जसपा नेपालले वर्तमान सरकारले विभिन्न क्षेत्रमा असफलता प्रदर्शन गरेको भन्दै आफ्नो समर्थनको औचित्य नरहेको ठहर गरेको छ। पार्टीले सरकारमाथि ११ वटा बुँदामा विभिन्न आरोपहरु पनि लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्