नेविसंघका १० नेता बानेश्वरबाट पक्राउ



काठमाडौँ,३० असार । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायतका माग राखेर विरोधमा उत्रिएका नेविसंघका १० जना कार्यकर्ताहरु बानेश्वरबाट पक्राउ परेका छन् ।

नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।विद्यालय शिक्षा ऐन, सरकार शिक्षक महासङ्घ मुद्दामा बढी केन्द्रित नभई विद्यार्थी र शिक्षाको हितमा केन्द्रित हुनुपर्ने, त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक विद्यार्थी प्रतिनिधित्व बिना मान्य नहुने, सम्पूर्ण शिक्षकदेखि प्राध्यापकसम्मका नियुक्तिहरु सत प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पस कमिटीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । यस क्रममा आजै कीर्तिपुर देखि बल्खुसम्म केही समय चक्काजाम समेत गरिएको थियो।

आजै कोटेश्वरमा टायर बालेर सडक अवरुद्ध गर्न खोजेपछि ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्