२५ अर्बको बजेट कामनपा,पूर्बाधार बिकासलाई प्राथमिकता



काठमाडौं,२७ असार । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्बको बजेट ल्याउने भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौँ प्लाजास्थित महानगरको कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा निर्धारण गरेको हो ।

बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन) ले जनचाहनाअनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्