श्राद्द गर्न गएका बेला खोलामा फसेका ६ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार



काठमाडौं,२५ असार । कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलामा फसेका ६ जनाको सशस्त्र प्रहरीले असार २५ गते सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरुमा कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका–६ र १० बस्ने ६५ बर्षिय कल्लु सार्की,६५ बर्षिया बिना सार्की र १२ बर्षिय योगेश सार्की, २५ बर्षिय दिपक सार्की तथा सोही जिल्लाको बेदकोट नगरपालिकाका ३५ बर्षिय बिर सार्की र २२ बर्षिय अर्जुन सार्की रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

उनीहरु सोही ठाउँस्थित गोदावरी खोलामा आज दिउँसो श्राद्ध गर्न गएको वेला खोलामा पानीको बहाव बढेपछि फसेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल,नेपाल नंं ७ बाहिनी मुख्यालय अत्तरीया कैलाली, नंं ३४ गण र नं. ४३ रिजर्भ गणबाट खटिएको सुरक्षा फौजले अन्य सुरक्षा निकायको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेको हो ।

यसैबीच,डडेलधुरा जिल्लाको परशुराम नगरपालिका–६ र ७ को सीमानामा रहेको साँदनी खोलाको बीच टापुमा फसेका दुई जनाको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले उद्दार गरेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकाहरुमा सोही नगरपालिका ६ बस्ने १२ बर्षिया रितु भारती र २५ बर्षिया भुवनेश्वरी सिँह छन् । उनीहरु आज दिउँसो बाख्रा चराउन गएको बेला अविरल बर्षाको कारण उक्त खोलामा पानीको बहाव बढ्न गई खोलाको बीच टापूमा फसेका थिए । सो लगत्तै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तातोपानी र साँदनीबाट खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले उनीहरुको सकुशल उद्धार गरेको हो । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्