रसुवा जलविद्युत् आयोजनामा फसेका २३ कामदारहरूको सेनाले गर्‍यो उद्धार



काठमाडौं,२४ असार । नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरूको उद्धार गरिएको छ । नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उद्धारको कार्य निरन्तर जारी रहेको जनाएको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ नागरिकसहित कम्तीमा १८ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्