सरकारले गर्यो राष्ट्रिय कोदो दिवस मनाउने निर्णय
काठमाडौं,२४ असार । सरकारले यस बर्षदेखि राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको एक मन्त्रीले बताए।राष्ट्रिय धान दिवस भने प्रत्येक बर्ष असार १५ गते मनाउने गरिएको छ ।

