कांग्रेस नेता बस्नेतले किन उठाए कारबाही गर्नुपर्ने कुरा ?



काठमाडौं,२३ असार । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन कुमार थापामाथी गम्भीर आरोप लागेको छ ।आफुु लगायत पार्टीका नेताहरुलाई चुुनावमा हराउन बेइमानीपुुर्ण भूमिका खेलेको आरोप लगाउँदै केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले छानविन समिति बनाएर महामन्त्री थापामाथि अनुुशासनको कारवाही गर्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा गरेका हुन्।

बोल्ने क्रममा बस्नेतले रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले गगन थापाका कारण आफुहरुलाई दुई सिट फाईदा भएको भन्दै अन्तरवार्ता दिएको स्मरण गराउंदै बैठकमा सामान्य कार्यकर्तालाई अनुुशासनको कारवाही हुुने तर महामन्त्रीलार्य किन नहुुने भन्दै प्रश्न गरेका थिए।

चुनावमा काठमाडौदेखि,चितवन,तनहुु लगतयका कांग्रेसले जित्ने ठाउँमा पनि आफुु र आफना नेतालाई हराउन थापाले भुुमिका खेलेको उनको दावी छ । नेताहरु भिमसेन दास श्रेष्ठ, उमेश श्रेष्ठ लगायतका नेतालाई हराउन र रास्वपाको नेता रविदेखि स्वर्णिमलाई जिताउन उनले षडयन्त्रपूर्ण भुमिका खेलेको बस्नेतको ठहर छ । बस्नेतले थापालो आफनो क्षेत्रमा रास्वपालाई मिलाएर पार्टीलाई आघात पुराएको उल्लेख गरे ।

महामन्त्री थापाकै कारण आफनो पार्टीको २ सिट बढेको मुुकुल ढकालले बताएको बस्नेत भनाई छ ।

प्रतिक्रिया दिनुहोस्