अन्ततः अर्को सूचना नआएसम्मका लागि रोकियो शिक्षा समितिको बैठक
काठमाडौं,१६ असार । सरकार र नेपाल शिक्षक महासंघबीचको सम्झौता अनुसार आइतबारसम्म पारित गरिसक्नुपर्ने विद्यालय शिक्षा विधेयकमा अन्यौलता थपिएको छन । प्रतिनिधिसभाको शिक्षा समितिले आज पारित गर्ने तयारी गरिएपनि शिक्षामन्त्री रघुजी पन्तले रोक्न आग्रह गरेपछि अहिलेसम्म भएका सहमति नफेरिने निर्णय गर्दैन अर्को सूचना जारी नभएसम्मका लागि समितिको बैठक स्थगित गरिएको छ ।

शिक्षा,स्वास्थ्य तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा उनले शिक्षक महासंघका प्रतिनिधिहरूले उठाएका केही असन्तुष्टिहरू र सत्ता गठबन्धनभित्रका छलफललाई संकेत गर्दै विधेयक तत्काल अघि नबढाउने प्रस्ताव राखेका थिए । त्यसअघि मन्त्री पन्तले कांग्रेस सभापति शेरबहादुर देउवासग भेटवार्ता गरेका थिए।
मन्त्री पन्तको प्रस्तावपछि केही सांसदहरूले असन्तुष्टि जनाउँदै जसरी भए पनि समितिबाट बिधेयक आजै पारित गर्नुपर्ने अडान लिए पनि अन्ततः समिति सभापतिले बैठक अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको घोषणा गरेका थिए ।

