हट्यो स्वास्थ्य बिमामा उपचार गर्दा रेफर लिनुपर्ने ब्यबस्था
काठमाडौं,१६ असार । आगामी साउन १ देखि स्वास्थ्य बीमा सुविधा लिएकहरुले जुनसुकै सरकारी अस्पतालमा उपचार गर्दा रिफर लिन नपर्ने भएको छ ।

प्रथम विन्दु जहा भएपनि सरकारले आगामी साउन १ गतेदेखि जुनसुकै सरकारी अस्पतालमा विना रिफर नै उपाचार गर्न सकिने नीतिगत ब्यवस्था गरेको हो ।
यो ब्यवस्था लागु भए सँगै यसअघि केन्द्रीय,प्रादेशिक अस्पतालमा उपाचार गर्न बीमितले पहिलो सेवा विन्दुमा सेवा उपलब्ध नभएमा मात्र रिफर लिएर आउनु पर्ने ब्यवस्था थियो,अव त्यो आवश्यक नपर्ने भएको छ ।
जुन जिल्लाको नागरिक भएपनि बिमामा जुन अस्पतालाई प्रथम विन्दु उल्लेख गरेपनि मुलुकको कुनै पनि सरकारी अस्पतालमा उहाँहरुले अब पहिलो विन्दुका रुपमा सेवा लिन सक्नु हुने छ । अब प्रथम सेवा विन्दुका रुपमा जुनसुकै सरकारी स्वास्थ्य संस्था अस्पताल रहेन छन् । यो ब्यवस्था साउन १ गतेबाट लागु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
यो नियमले सीधै निजि वा सामुदायिक अस्पतालमा गएर सेवा लिन सकिने ब्यवस्था भने हटाएको छ । पहिले प्रथम सेवा विन्दु मानिएका निजि र सामुदायिक अस्पतालहरूबाट त्यो मान्याताबाट हटाइएको छ। अब साउन १ गतेदेखि सरकारी अस्पतालमा गएर सेवा लिनुपर्नेछ र त्यहाँ उपलब्ध नहुने सेवाका लागि मात्रै रेफर लिएर निजि वा सामुदायिक अस्पताल जान सकिने प्रवक्ता बुढाथोकीले बताउनुभयो ।

