एसइई नतिजा आज सांँझसम्म प्रकाशित गरिने
काठमाडौं,१३ असार । राष्ट्रिय परीक्षा बोर्डले आज साँझ एसइईको नतिजा प्रकाशन गर्ने भएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले केही बेरमा बोर्ड बैठक बसेर साँढे ५ बजे नतिजा सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

२०८१ को एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ जना जम्मा ४ लाख ९९ हजार १८३ परीक्षार्थी सहभागी भए ।
त्यस्तै, २०८० सालको एसइई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए । त्यसबेला ५२.१३ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी ननग्रेड भएपछि विभिन्न कोणबाट बहस भयो ।

