मुक्तक

*शम्भु आचार्य

मुक्तक १
तिम्रो नजर झैँ अरु तीर छैन
देख्दा तिमी झैँ मन स्थीर छैन
एकै नजर् हेरि देऊ मलाई
प्राणै गए नी अहँ पीर छैन
मुक्तक २
यदि तिमी बाट मैले साँच्चै धोका खाएँ भने
तिमीले अन्तै मन मुटु साटेको चाल पाएँ भने
नभन्नु अवला माथी पुरुषार्थ देखायो नामर्दले
समातेर जगल्टामा गालामा बजाएँ भने
मुक्तक ३
हरपल तिम्रो याद मनमा नसाँचेकै कहाँ छु र?
तिम्रै निम्ति देवी-देउता नभाकेकै कहाँ छु र ?
तिमीलाई मेरो सम्झना आउँछ त? तिमी सोध्छौ
सम्झना आउनको लागि बिर्सिएकै कहाँ छु र ?
मुक्तक ४
हाँसो,रोदन,चकचकेपन आहा! कस्तो पल थियो
स्वर्थ पाप केहि थिएन, मन गङ्गा झै निर्मल थियो
गयो सबै बालापन संगै सम्झना मात्र रह्यो बाँकी
बालुवाकै भए पनि सपनाको आफ्नै महल थियो
*चौतारा ६,सिन्धुपाल्चोक

