गृहमन्त्री लेखकलाई बर्खास्त गर्न माग गर्दै सर्बोच्चमा रिट



काठमाडौं,९ जेठ । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।अधिवक्ता मधु चौलागाइले गृहमन्त्री लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट पेश गरेकी हुन् ।रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्नेछ ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालयमा रहेकाहरु नै संलग्न रहेको भन्दै अनुसन्धानको माग उठ्दै गर्दा गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने दबाब बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्