सर्बोच्च शिखर सगरमाथामा फहराईयो थुलुङ दुधकोशीको झण्डा



सोलुखुम्बु,२ जेठ । थुलुङ दुधकोशी गाउँपालिकाको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । सोही गाउँपालिका वडा नम्बर-९ सफर्मा लोखिम निवासी दावा जाङ्बु शेर्पाले मे १९ अर्थात जेठ ५ गते गाउँपालिकाको झण्डा सर्बोच्च सगरमाथाको शिखरमा फहराउनुभएको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार मे १९ का दिन बिहान ८-३५ बजेको समयमा शेर्पाले पालिकाको झण्डा सहित सगरमाथाको सफल आरोहण गर्नुभएको हो । शेर्पाको सगरमाथा आरोहण यो दोस्रो पटक रहेको बताइएको त छ ।

गाउँपालिका अध्यक्ष असिम राईले अरोहीलाई धन्यवाद दिदै स्थानीय सरकारको तर्फबाट सम्मान गरिने बताउँनुभयो । अध्यक्ष राईको सचिवालयले सामाजिक सञ्जाल फेसबुक पेजबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकोमा गाउँपालिकाको तर्फबाट बधाइ सहित धन्यवाद ज्ञापन गर्दै आगमि दिनमाको लागि शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्