नेचासल्यान-३ मा नेकपा माओवादी केन्द्रको १७ सदस्यीय वडा कमिटी,अध्यक्षमा सबिन फुयल



डिल्ली शर्मा,२३,चैत,साेलुखुम्बु।नेकपा माओबादी केन्द्र नेचासल्यान -३काे वडा अधिबेशन आज सम्पन्न भएकाे छ।

नेकपा माओबादी केन्द्र नेचासल्यानका ईन्चार्ज केशर बहादुर राईकाे प्रमुख आतिथ्यता तथा बमप्रसाद बाँस्ताेलाकाे अध्यक्षतामा सम्पन्न भेलाले सबिन फुयलकाे अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी चयन गरेकाे छ।कमिटीकाे उपाध्यक्षमा भिम ढुँगेल,सुदिप राई ,राेहित नेपाली,सचिबमा यानु राई,सहसचिब गुणराज कटेल र घट्टराज खड्का तथा काेषाध्यक्षमा भुजा नेपाली निर्बिराेध निर्बाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा कृष्ण प्रसाद कटेल,एकराज कटेल, खिलानाथ कटेल,बालकुमार राउत,साबित्रा कालिकाेटे,एन्टी प्रसाद कटेल,राजन कुमार कटेल,हिरा खड्का र पर्शुराम आचार्य रहेकाे नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य भुपेन्द्र कटेलले जानकारी दिए ।

कार्यक्रम कुशुम स्मृति भवनकाे सभाहलमा सम्पन्न भएकाे थियाे। कार्यक्रममा नेकपा माओबादी केन्द्र नेचासल्यान गाउपालिका ईन्चार्ज राई,जिल्ला कमिटी सदस्य भुपेन्द्र कटेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्